Aadarsh-Daily

ट्याक्टर पल्टिँदा बाराका एक जनाको मृत्यु

ad-4p

बारा । सर्लाहीको बरहथवा नगरपालिका–९ मूर्तिया जङ्गलस्थित सोल्टीमोडमा शनिबार ट्याक्टर पल्टिँदा च्यापिएर त्यही ट्याक्टरका चालकको मृत्यु भएको छ ।

content ad p2
content left

बरहथवाबाट आलु लोड गरी नयाँरोडतर्फ आउँदै गरेको ना २ त ७५२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक बाराको पचरौता नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय भुवन महतोको मृत्यु भएको हो ।सडकमा हिँडेका यात्रीले ट्याक्टर पल्टिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल इलाका प्रहरी कार्यालय मूर्तियाबाट खटिएको प्रहरी टोलीले चालक महतोलाई उद्धार गरी ह्याप्पी अस्पताल बरहथवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily