Aadarsh-Daily

पर्साको वीरगञ्जमा बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाइयो।

ad-4p

बीरगंज  । पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्य ११ घण्टाका लागि हटाइएको छ ।

content ad p2
content left

गत सोमबार साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो ।

कर्फ्यु जारी भए पनि मंगलबार बिहान र बुधबार बिहान ६ देखि १० बजेसम्म खुकुलो पारिएको थियो ।

मंगलबार आपसी सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालयले सर्बदलीय बैठक डाकेर पाँच बुँदे निर्णय गरेको थियो ।

सयौँ वर्षदेखि कायम रहेको दुई समुदायबीचको एकतालाई अझ मजबुत गराइ, एकतालाई बिखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई असफल बनाउने, एक अर्काको आस्था केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै त्यस्ता स्थानहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्ने/नगराउने, खुलारुपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्नेविरुद्ध कानुनी कारबाहीमा सबैले सहयोग गर्ने निर्णय गरेको थियो ।

यस्तै जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका गतिविधि गर्ने, धार्मिक साम्प्रदायिक र्‍याली, जुलुस, बन्द हडताललगायतका गतिविधिहरू कुनै पनि समुदाय संघ संस्थाहरुले नगर्ने र सामाजिक सञ्जालमा कुनै जात धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरु पोस्ट गर्ने/गराउनेलाई प्रशासनले कडा कारबाही गर्ने सहमति जुटेको थियो ।

सहमतिले दुई समुदायबीचको विवाद साम्य देखिएकोले रातिसम्मका लागि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

रौतहटको इशनाथ नगरपालिकामा हिन्दू र मुस्लिमसमुदाबीच भएको झडपलाई लिएर वीरगञ्जमा तनाव बढेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily