Aadarsh-Daily

ट्रक र जीप ठोक्किदा बारामा १ भारतीय नागरिकसहित २ जनाको मृत्यु

ad-4p

वीरगञ्ज । बारामा सवारी दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नमबर १ स्थित आधाभार जंगल सडक खण्डमा ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

content ad p2

सिमराबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र ०१–०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँदा एकजना भारतीय नागरिकसिहत २ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

content left

मृत्यु हुनेमा नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ९ कोल्नीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान रहेका छन् । एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भारतीय नागरिक बिहार मजफ्फरपुर परखना मोतिपुरका २२ वर्षीय राहुल चौधरी, बिहार महाराजगञ्ज गोरखपुरका १७ वर्षीय सुदीप चौहान, सोही ठाउँ बस्ने १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानीपुर गाँउपालिका–४ चैनपुरका ३० वर्षीय रवि पटेल रहेका छन् ।

घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily