
वीरगञ्ज – सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवाद साम्य भएपछि रौतहटको ईशनाथ नगरपालिकामा लगाइएको कर्फ्यु पूर्णरुपमा हटाइएको छ।

बुधबार बेलुका पाँचदेखि लागु हुने गरी कर्फ्यु पूर्णरुपले हटाइएको जिल्ला प्रशासन कार्यालय रौतहटका सूचना अधिकारी मणि भूषण साहले जानकारी दिए।
ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समूहबीच विवाद र झडप भएपछि नगरपालिकाको ६ वटा वडामा कर्फ्यु लगाइएको थियो।

