Aadarsh-Daily

वीरगन्जमा राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राप्रपाले   प्रदर्शन गर्दै ज्ञापनपत्र बुझायो

ad-4p

वीरगन्ज । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वीरगन्जमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएकाे छ ।

content ad p2
content left

प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राख्दै राप्रपाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायकाे नेतृत्वमा भएकाे कार्यक्रममा प्रतिनिधि सभा सदस्य वीणा जयसवालसंगै राप्रपाका नेता कार्यकर्ताहरुकाे सहभागीता रहेकाे थियाे।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily