Aadarsh-Daily

पर्सामा एसपी ढुंगेलले कार्यभार सम्हाले

ad-4p

जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भई आएका प्रहरी उपरीक्षक(एसपी) कुमाेध ढुंगेलले बुधबारदेखि कार्यभार सम्हालेका छन् ।

content ad p2
content left

प्रहरी प्रधान कार्यालयले यहि फाल्गुन १ गते देशभरका ७८ जना प्रहरी उपरीक्षकहरुकाे एकसाथ सरुवा गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक ढुंगेलकाे जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरेकाे थियाे भने पर्सामा कार्यरत प्रहरी उपरीक्षक काेमल शाहकाे प्रहरी प्रधान कार्यालय इन्टरपाेल शाखा नक्साल काठमाडौंमा सरुवा गरिएकाे थियाे ।

प्रहरी प्रधान कार्यालयले सरुवाकाे निर्णय सार्वजनिक गरेकाे एक हप्तापछि मात्रै बुधबार वीरगन्ज आएका प्रहरी उपरीक्षक ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर कार्यभार सम्हालेका हुन् ।त्यसअवसरमा जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षकद्वय कुमार विक्रम थापा र ध्रुब कुमार श्रेष्ठ लगायतका प्रहरी अधिकृतहरुलाई ढुंगेललाई स्वागत गरेका थिए।

पर्साबाट काठमाडौंमा सरुवा भएका प्रहरी उपरीक्षक शाह भने गत शुक्रबार नै जिल्ला प्रहरी कार्यालय पर्साबाट रवाना पत्र लिएर गएका थिए।उनि २०७९ पुष ४ गतेदेखि २०८० पुष ४ गतेसम्म गरी १४ महिना पर्सा प्रहरीको नेतृत्व सम्हालेका थिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily