Aadarsh-Daily

सामाजिक सद्भाव कायम गर्नु नै मुख्य दायित्व रहेको हिन्दु समाजको भनाइ

ad-4p

पर्सा, ९ फागुन / हिन्दु समाजले हाम्रो मुख्य दायित्व भनेको समाजिक सद्भाव कायम गर्नु नै रहेको बताएका छन । हिन्दु समाजले बुधवार बिरगंजमा पत्रकार सम्मेलनको आयोजना गर्दै समाजिक सद्भाव कायम गर्नु नै रहेको बताएका हुन ।

content ad p2
content left

पत्रकार सम्मेलनको आयोजना गर्दै हिन्दु समाजले हिन्दु धर्मको ब्यानर च्यातेर फ्याक्ने, भागवान रामको फोटो च्यात्ने र ज्यान मार्नेसम्मको धम्की दिने अराजक ब्यक्तीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने प्रशासनले प्रतिवधता जाहेर गरेको बताए । सम्मेलनमा प्रहरीले पक्राउ गरेको हिन्दुबादी युवाहरुलाई बिना सर्त रिहाइ गर्ने सहमति भए पछि उनीहरूलाई रिहाइ गरिएको समेत जिकिर गरिएको थियो । हिन्दु समाजले बिज्ञपति जारी गर्दै एक हप्ता भित्र उदन्डति गर्ने ब्यक्तिलाई पक्राउ गरि कारवही गर्नुपर्ने  यद्यपि प्रशासनले कारवही नगरे बाध्य भइ हिन्दु समाज कारवही हुने सो विज्ञप्तिमा उल्लेख गरेको छ।

मङ्गलवार हिन्दु समाज र प्रशासन सँग बृहत छलफल गर्दा
मुस्लिम समाज द्वारा गरेको उछरिंकल गतिविधि जस्तै हिन्दुको झण्डा च्यात्ले, भगवान रामको फोटो च्यात्ने, खुल्लेआम हिन्दुलाई ज्यान मार्ने धम्की दिने जस्ता अराजक तत्व लाई पक्राउ गरि कारवाही गर्ने जिल्ला प्रशासन द्वारा प्रतीबद्धता जनाएको हिन्दु समाजले बताएका छन । हिन्दु समाजका पक्राउ परेका युवाहरूलाइ बिना सर्त रिहा गरियो । एक हप्तासम्ममा प्रशासनद्वारा कारवाही नभए हिन्दु समाजले अगाडी योजना बनाइ कार्य योजना बनाउन बाध्य हुने, पत्रकार सौरव साहको गाडि झण्डा लगाएकै कारण मुस्लिमद्वारा केही अराजक तत्व तोडफोड गरेको व्यक्तिसँग यथासिघ्र क्षतीपुर्ती तथा कारवाही गर्नुपर्ने, कारवाही नभएको खण्डमा हिन्दु समाज त्यस्ता बिखण्डकारी अराजक तत्वलाई कारवाही गर्ने बाध्य हुने बुँदाहरुमा सहमति भएको जनाइएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily