Aadarsh-Daily

ट्याक्टर दुर्घटना हुदाँ सर्लाहीमा  २ जनाकाे मृत्यु

ad-4p

सर्लाहीमा ट्याक्टर पल्टिएर दुर्घटना हुदाँ दुई जनाकाे मृत्यु भएकाे छ।रौतहटको गढिमाई नगरपालिकाकाे मलाही टोलबाट आलु खन्न खेतालाहरु लिएर सर्लाहीको हजरिया जाँदै गरेको नम्बर प्लेट नखुलेकाे ट्रयाक्टर पल्टिएर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हाे।

content ad p2

दुर्घटनामा ट्याक्टरका चालक रौतहटकाे गढिमाई नगरपालिका ९ का ५५ बर्षिय जयलाल सहनी र ५० बर्षिय रामनाथ सहनीकाे मृत्यु भएको हाे।दुवै जनाकाे गरुडास्थित सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

content left

खनालका अनुसार बुधबार बिहान ११ बजेको समयमा सर्लाहीको बरहथवा नगरपालिका १५ स्थित नहरकाे सडकमा उक्त ट्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाईते १७ बर्षिय आकाश सहनी र ७ बर्षिय किसन सहनीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि विरगन्ज पठाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

उक्त ट्याक्टरमा १७ जना सवार रहेकाेमा दुई जनाको मृत्यु भएको तथा सात जना घाईते भएकाेमाती मध्ये एक जना उपचार पश्चात डिस्चार्ज भई घर गएको र ६ जनाको उपचार भई रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily