
पर्साको पोखरिया नगरपालिकाको आयोजनामा उपमेयर छात्रबृति बितरण कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रम नगरपालिकाकी उपमेयर रुबी ठाकुरको अध्यक्षतामा एवंम मेयर प्रधुमन चौहानको प्रमुख अतिथ्यका सम्पन्न भएको हो ।

कार्यक्रममा बिभिन्न बिद्यालयका उत्कृष्ट १८ जना छात्र,छात्राहरुलाई छात्रबृति बितरण गरिएको हो । छात्रबृतिको लाभ लिनेमा कक्षा १०का पाँच जना, कक्षा १२ इन्जिनियर समुहका चार जना, मेडिकल समुहका दुई जना, बिज्ञान समुहका दुई जना र सधारण बिषयको समुहमा रहेका पाँच जना गरी १८छात्र, छात्राहरु रहेका छन ।
सो अवसरमा उपमेयर ठाकुरले हरेक वर्गका छात्र,छात्राहरुको शिक्षा क्षेत्रामा पहुच होस र शिक्षाको स्तर उन्नती होस भने उदेश्यले छात्रबृति बितरण गरिएको जानकारी दिईन । उनले उच्च शिक्षा अध्ययन गर्नबाट बन्चित विद्यार्थीहरुलाई छात्रवृती उपल्बध गराई शिक्षाबाट बन्चित हुनबाट जोगाई र शिक्षित बनाउने कार्य नगरपालिकामा सुरु गरेर आफुलाई खुसी लागेको बताईन । उनले सम्पुर्ण बिधार्थीहरुको शिक्षामा पहुचको अवधारणका साथ समय समयमा यस्ता किसिमका क्रियाकलापमा निरन्तरता दिने समेत जानकारी दिईन ।
सो अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत कौशलेन्द्र मिश्र, शिक्षा समिति सदस्यहरु, नगरपालिका भित्र रहेका बिद्यालयका प्रधानध्यापकहरु, अभिभावक लगायत बिधार्थीहरुको सहभागिता रहेको थियो।

