Aadarsh-Daily

पर्सामा दालभित्र गाँजा तस्करी, एक जना पक्राउ

ad-4p

वीरगञ्ज – प्रहरीले गाँजासहित पर्साबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने २६ वर्षीय दीपक पटेल छन्।

content ad p2
content left
 पर्सा वीरगञ्ज महानगरपालिका–२७ रामपुरस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा नहरको बाटो भई म.प्र.०३–०२६ प ००९७ नम्बरका मोटरसाइकलमा जाँदै गरेका उनलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पटेलले मोटरसाइकल पछाडि बाँधिएको बोरामा कुहिएको दालभित्र लुकाइ छिपाइ राखेको गाँजा ६ के.जी.२०० ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमारविक्रम थापाले जानकारी दिए। पक्राउ परेका उनीविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily