
वीरगञ्ज । वडा प्रहरी कार्यालय बिर्ताले भन्सार छली चोरी पैठारी ल्याइएका सामग्री बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका – १६ रजतजन्ती चोकबाट वडा प्रहरी बिर्ता र ईनरवा चौकीको संयुक्त प्रहरी चेकिङ टोलीले भन्सार छलेर नेपाल ल्याइएको सामग्री बरामद गरेको हो ।
चकलेट र पापड तथा मोबाइलको डिस्प्ले समेत गरी ७ लाख पचास हजार बराबरको सामान बरामद गरेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटीले जानकारी दिए ।
इन्स्पेक्टर बोगटीका अनुसार बरामद सामग्रीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको छ ।

