Aadarsh-Daily

वीरगञ्जको सुक्खा बन्दरगाहमा महासचिव पोखरेलले गरे अनुगमन

ad-4p

वीरगञ्ज । वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसिपी) र सिर्सिया सुक्खा बन्दरगाह कार्यालयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनुगमन गरेका छन । वीरगञ्जमा नेकपा एमालेका पर्सा जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय प्रतिनिधि भेला प्रश्चात दिउँसो नेता पोखरेले सो अनुगमन गरेका हुन ।

content ad p2

लुम्बीनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले अनुगमनको क्रममा एकीकृत भन्सार जाँच चौकी (आईसिपी) र सिर्सिया सुक्खा बन्दरगाह कार्यालयमा देखिएको बिभिन्न समस्यालाई तत्काल समाधानमा लयाउन प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

content left

उनले नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने वीरगञ्जस्थित भन्सार कार्यालय रहेकोले सो अनुरुप अहिले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेको जिकिर गर्दै तत्काल समस्या सामाधन गर्न र राजस्व सङ्कलनमा बृद्धी ल्याउन (आईसिपी) का प्रमुख डिल्ली रामा पन्थी र सिर्सिया सुक्खा कन्दरगाह कार्यालयका प्रमुख राम प्रसाद मैनालीलाई निर्देशन दिएका हुन ।

अहिले देशमा मुख्य समस्याको रुपमा रहेको आर्थीक मन्दीलाई रोक्न र देशको अवस्था चलाएमान बनाउन एमालेले अगाडी बढेको उनले बताए । उनले (आईसिपी) र सिर्सिया सुक्खा बन्दरगाह कार्यालयलाई थप ब्यवस्थीत बनाउन चाहिने आवश्यक स्रोत, साधनलाई सम्बन्धीत मन्त्रालयबाट पुर्तीका लागी आफु छिटो नै पहलमा लाग्ने प्रतिबद्धता समेत जनाएका हुन  ।

सो अवसरमा नेकपा एमालेका केन्द्रिय सचिव एवंम मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराई, स्थाई कमिटी सदस्य अच्छुत मैनाली, पुरुसोतम पौडेल, केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवकोटा लगायत संचारकर्मी र सुरक्षाकर्मीहरुको उपस्थीती रहेको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily