Aadarsh-Daily

करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु

ad-4p

दाङ । दाङमा शनिबार करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। करेन्ट लागेर मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी, उनका पति ६० वर्षिय गोरखबहादुर केसी र ४ वर्षीय नाति कृष्ण केसी रहेका छन् ।

content ad p2
content left

शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुँडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने करेन्ट लागेर घाइते भएका गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए ।

नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासि चुँडिएर घरको आँगनमा खस्दा त्यसैमा छोइएर उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

जितिया मेलामा कुस्तीको रौनक, औराहा पञ्चगावामा दंगल सुरु

Aadarsh Daily

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily