Aadarsh-Daily

आईपीएल क्रिकेट:हैदराबादमाथि कोलकाताकाे राेमाञ्चक जीत

ad-4p

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइर्जस हैदराबादमाथि कोलकाता नाइट राइर्डसले राेमाञ्चक जीत हात पारेकाे छ।शनिबारराति भएकाे खेलमा कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले हराएकाे हाे।

content ad p2
content left

कोलकाताले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २ सय ४ रन मात्र बनाउन सक्यो । हैदराबादका हेरिक क्लासनले सर्वाधिक ६३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

त्यस्तै ओपनरद्वय मायांक अग्रवाल र अभिशेक शर्माले समान ३२ रन जोडे । कोलकाताका हर्षित रानाले सर्वाधिक तीन, आन्द्रे रशेलले दुई तथा वरुण चक्रवर्ती र सुनिल नारायणले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । कोलकाताका आन्द्रे रसेलले अविजित ६४ रन बनाए । ओपनर फिलिप साल्टले ५४ रन जोडे । हैदराबादका टी नटराजनले ३ तथा मंयक मारकण्डेले २ विकेट लिए ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily