Aadarsh-Daily

केन्द्रले ३ करोडभन्दा साना आयोजनामा बजेट राख्दैन : प्रधानमन्त्री

ad-4p

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताएका छन् ।

content ad p2
 माओवादी केन्द्र मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

 

उनले भने, ‘तल्लो तहका सरकारलाई बलियो बनाउन साना आयोजनामा केन्द्रले बजेट राख्दैन । आगामी आर्थिक वर्षदेखि यो लागू हुन्छ ।’

content left

नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिइसकेको छु ।’

प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणको सरकार बनेपछि अर्थतन्त्रले सकारात्मक लय लिएको दाबीसमेत गरेका छन् । उनले भने, ‘उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन् । अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।’

माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसँगै सुशासनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भएको पनि बताए ।

उनले आगामी आर्थिक वर्षमा मधेश प्रदेशका लागि नयाँ र विशेष प्याकेज तयार गर्न आफूले निर्देशन दिएको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेश प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न निर्देशन दिएको छु, यस पटक मधेशमा नयाँ हुन्छ ।’

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily