Aadarsh-Daily

एसइईअन्तर्गत गणित विषयमा मोबाइलबाट चीट चोर्ने ७१ विद्यार्थीको परीक्षा रद्द

ad-4p

राजविराज,१८चैतःएसइईअन्तर्गत आइतबार सप्तरी जिल्लामा ७१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । अनिवार्य गणित विषयको परीक्षाका क्रममा मर्यादाविपरीत कार्य गरेको आरोपमा विभिन्न केन्द्रबाट ७१ जना परीक्षार्थीको आइतबारको परीक्षा रद्द गरिएको शिक्षा विकास तथा समन्वय ईकाइ सप्तरीका प्रमुख विजयकुमार मण्डलले जानकारी दिए ।

content ad p2
content left

राजविराजस्थित हयाप्पील्यान्ड सेकेन्डरी स्कुल परीक्षा केन्द्रबाट २८ जना ,राजदेवी मावि परीक्षा केन्द्रबाट १२ जना,पवि माविबाट १० जना, केअ माविबाट ७ जना,नरेन्द्र मेमोरियल मावि परीक्षा केन्द्रबाट ६ जना तथा इटहरी विष्णुपुर परीक्षा केन्द्रबाट ८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको मण्डलले बताए । परीक्षा मर्यादा र आचारसंहिताविपरीत मोबाइल लिएर परीक्षा दिएको पाएपछि उनीहरूको परीक्षा रद्द गरिएको शिक्षा समन्वय इकाईले जनाएको छ ।

यस्तै परिक्षा मर्यादाविपरीत कार्य गरेको आरोपमा राजविराजस्थित केअ मावि परीक्षा केन्द्रबाट एक जना कार्यालय सहयोगीलाई निष्काशन गरिएको छ ।साभार : ईकान्तिपुरबाट

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily