Aadarsh-Daily

वीरगञ्ज रानीघाटको सहकारीले प्रहरीमा निवेदन दिएपछि ग-यो बचतकर्ताको रकम फिर्ता

ad-4p

वीरगञ्ज । वीरगञ्जको एक सहकारीले बचतकर्ताको रकम फिर्ता गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटस्थित पब्लिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम फिर्ता गरेको हो ।

content ad p2
content left

यसअघि ऋण दिने लोभमा बचतकर्तालाई दुःख दिएको खबर यात्रा डेलीले प्रकाश गरेको थियो । त्यस लगत्तै बचतकर्ताहरुले रकम फिर्ता दिलाउन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए ।

सोही निवेदनको आधारमा अस्थायी प्रहरी पोस्ट रानीघाटको टोलीले दबाब दिएपछि सहकारीले रकम फिर्ता गरेको बचतकर्ता वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी दिपक महतोले बताए । मुश्किलले जम्मा गरेको ३५ हजार ६ सय रुपैयाँ फिर्ता पाउँदा उनी हर्षित मुद्रामा थिए ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily