Aadarsh-Daily

विर्ता प्रहरीद्वारा घरको ताल्चा फुटाउने औजारसहित चोर पक्राउ

ad-4p

वीरगञ्ज । वडा प्रहरी कार्यालय बिर्ताले १ जनालाई पक्राउ गरेको छ ।

content ad p2
content left

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी श्रवण सर्राफको घरको ताल्चा फुटाइरहेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा भारतको मोतिहारी जिल्ला घर भई हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीय प्वेज खनाललाई ताल्चा फुटाउने औजारसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले बताए । उनकाअनुसार निजविरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily