Aadarsh-Daily

अब सुनको मुल्य १ हजारले बढयो

ad-4p
content left

काठमाडौं । अघिल्लो दिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको सुन बिहीबार पनि १ हजारले बढेको छ । बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ ।

content ad p2

यसअघि आइतबार १ लाख ३० हजारमा कारोबार भएको सुन सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो भने बुधबार १ लाख ३३ हजार पुगेको थियो ।
सुनको मात्रै नभइ चाँदीको पनि मूल्य बढ्दै गएको छ । बुधबार तोलाको १ हजार ६१० मा कारोबार भएको चाँदी बिहीबार १ हजार ६५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बढ्दै गएपछि नेपाली बजारमा असर परिरहेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily