Aadarsh-Daily

प्रहरी जवानकाे कुटपिटबाट पर्साकाे रामनगरीका रंजन साह घाइते

ad-4p

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १९ तिलावेपुल नजिक शनिबार विहान प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भएका छन् । बिन्दवासिनी प्रहरी चाैकीका प्रहरी जवान काैशल चाैधरीकाे कुटपिटबाट पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका २८ बर्षिय ई रिक्सा चालक रंजन साह घाइते भएका हुन् । तिलावे पुल नजिक उनले चलाएकाे ई रिक्सा राेकेर प्रहरी जवान चाैधरीले ई रिक्सा चालक साहलाई कुटपिट गरेकाे भिडियाे अहिले समाजिक संजाल फेसबुकमा भाइरल भइरहेकाे छ ।

content ad p2
content left

साे भिडियाेमा ई रिक्सा चालककाे टाउकाेबाट रगत खसी रहँदा पनि प्रहरी जवान चाैधरीले ठूलाे अपराधि सरह उनकाे कलर समातेर लगेकाे देखिन्छ । याे प्रहरीकाे ददागिरी भएकाे भन्दै समाजिक संजालमा प्रहरीकाे आलाेचना समेत भइरहेकाे छ । घटना बारे पता लगाउँदा पाेखरियाबाट वीरगंज तर्फ आइरहेकाे मधेश प्रदेश ०३-००२ ख १८२२ नम्बरकाे ई रिक्सा लाेडर तिलावे पुल नजिक डियुटीमा खटेकाे प्रहरी जवान चाैधरीले राेक्नकाे लागि सिटी बजाएका थिए । प्रहरीकाे सिटी सुनेर पछाडी हेर्दा प्रहरी जवान चाैधरी अर्कै तर्फ फर्केकाे हेरर ई रिक्सा अगाडी बढाउँदै हिडेका थिए ।

त्यसपछि डियुटीमा खटेकाे प्रहरी जवान चाैधरी पछाडीबाट आएकाे बसमा चढेर तिलावे पुल पारि तेल टंयाकी नजिक पुगेकाे साे ई रिक्सालाई राेकी तिमी किन ई रिक्सा नराेकेकाे भन्दै अपशब्द प्रयाेग गर्नुकाे साथै कुटपिट गरेका हुन् । घटना बारे आफुले जिल्ला प्रहरी कार्यालयमा जाेहर गरिसकेकाे वताउँदै सम्बन्धित प्रहरीसंग स्पष्टिकरण साेधिने इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केशीले वताए । गल्ती गरेकाे देखिए कारवाही हुने प्रहरी निरिक्षक केशीले वताए ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily