Aadarsh-Daily

धनुषालाई हराउँदै बाराले जित्यो जनकपुर मेयर कपको उपाधि

ad-4p

वीरगन्ज । जनकपुरमा आयोजित जनकपुरधाम मेयरकप टि–२० क्रिकेटको उपाधि बाराले जितेको छ । शनिबार भएको रोमाञ्चक फाइनल खेलमा धनुषालाई ८ रनले स्तब्ध पार्दे बाराले उपाधि उचालेको हो । १०४ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको धनुषाले १९.४ ओभरमा अलआउट हुदै ९५ रनमात्र बनाएपछि उपाधि बाराको पोल्टामा पुग्यो ।

content ad p2
content left

धनुषाका लागि विशाल सुसलिङ्गले ३५ बलमा ३३ रन,अलि अकबर अन्सारीले १५ रन तथा अखिलेस ठाकुर र मयन यादवले १०÷१० रन मात्र बनाए । बलिङ्तर्फ बाराका लागि पवन सर्राफले ३.४ ओभरमा १९ रनमात्र खर्चेर ४ विकेट लिए ।यस्तै भुलावन सहनी र निखिल सिंहले समान २– २ तथा सेराज हवारीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बाराले पूरा २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १०३ रन बनाएको थियो ।

उसका लागि निकेश गुप्ताले अविजित ४२ र रोशन साहले अविजित २१ रनको योगदान दिए भने निखिल सिंहले १४ रन बनाएका थिए ।बलिङ्तर्फ धनुषाका लागि रुपेश यादव, विशाल सुसलिङ्ग अखिलेश ठाकुरले सम्मान २–२ विकेट लिए ।उपाधि विजेता बाराले ट्रफीसहित नगद २ लाख ५१ रुपै्रयाँ पुरस्कार पायो भने उपविजेता धनुषाले नगद १ लाख ५१ हजार रुपैयाँमै चित्त बुझाउनु पर्यो ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily