
वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ६ लाख भन्दा बढी रकम बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गजेन्द्र प्रसाद राउतको नेतृत्वमा खटिएको टोलीले अवैध रकम बरामद गरेको हो ।

९ जनाको चेकप्वाईन्ट टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागेपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी अन्दाजी ३६ वर्षीय मालती देवी सोनारलाई चेकजाँत गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षका सुरज रिजालले जानकारी दिए ।
प्रस्तावित सीमा सुरक्षा बलका प्रमुख समेत रहेका रिजालकाअनुसार चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको ६ लाख बढी रकम बरामद भएको हो ।
१ हजार दरको नोट ६ सय थान, ५ सय दरको नोट ५ थान, ५० दरको नोट ४ थान, २० दरको नोट २ थान, १० दरको नोट ३ थान र ५ दरको नोट २ थान फेला परेको रिजालले बताए । त्यस्तै सामसुंगको १ थान कि प्याड मोवाईल पनि फेला परेको छ ।
बरामद भएको ६ लाख २ हजार ७८० रुपैयाँसहित थप कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

