Aadarsh-Daily

पर्सा प्रहरीद्वारा तस्करीको साढे २६ लाखको सामानसहितको ट्रक नियन्त्रणमा

ad-4p

वीरगञ्ज । भारतबाट राजश्व छलेर ल्याइएको आशंकामा प्रहरीले वीरगञ्जबाट २६ लाख भन्द्या बढी मूल्यको सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट ना ३ ख ४५०९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकबाट कपडा र खुद्रा सामान गरी २६ लाख ५९ हजार ३३५ रुपैयाँ मूल्यको सामान बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले बताए ।

सामान सहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily