Aadarsh-Daily

वीरगंजबाट आठ महिनामा ३७ करोड बराबरको अवैध सामान बरामद

ad-4p

वीरगंज । पर्सा प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि चैत २२ गतेसम्मको अवधिमा रु ३६ करोड ८४ लाख ८३ हजार दुई सय ६० मूल्य पर्ने अवैध सामान बरामद गरेको छ। प्रहरीको सक्रियताले पछिल्ला समय दिनहुँजसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्दा धेरै सामान ल्याएको सामग्री नियन्त्रणमा लिने क्रम बढेको हो।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले भन्सार छली तथा चोरी पैठारी र बिलबिजकभन्दा धेरै सामान ल्याउनेविरुद्ध प्रहरीले कारबाही गरिरहेको बताए।‘नेपाल प्रहरीले एक सातामा भन्सार छली गरेर ल्याएका करिब रु एक करोड मूल्य पर्ने सामान तथा वस्तु नियन्त्रणमा लिँदै आइरहेको छ’, उनले भने, ‘चोरीरतस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउने गर्छौं, बिलबिजकअनुसारको नभए राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने गरेका छौँ।’

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले खुला सीमाका कारण चोरी तस्करी सक्रिय भएको बताए। ‘पर्सा जिल्लाको सिमाना भारतसँग एक सय ७० किलोमिटर जोडिएको छ’, उनले भने, ‘चोरी तस्करी नियन्त्रण गर्न सबै निकायलाई निर्देशन दिँदै आइरहेको छु।’ चालु आवको चैत २२ गतेसम्मको अवधिमा राजस्व अनुसन्धान कार्यालय पथलैयामा रु ३१ करोड ८९ लाख ७३ हजार मूल्य पर्ने सामान बुझाएको छ। त्यस्तै भन्सार कार्यालय वीरगंजलाई रु चार करोड ९५ लाख नौ हजार दुई सय ७३ मूल्य पर्ने सामान बरामद गरी बुझाएको छ।

प्रहरीले अघिल्लो आव २०७९/८० मा रु ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेको थियो। जसमा किरानाको सामान रु आठ करोड तीन लाख पाँच हजार नौ सय ७५ मूल्य बराबरको थियो। त्यसैगरी विद्युतीय सामग्री रु एक करोड ८० लाख मूल्य बराबरको थियो। त्यसैगरी अघिल्लो आवमै सवारीसाधनको पार्टपुर्जा सम्बन्धि रु १५ करोड ५८ लाख ७७ हजारको बरामद गरेको जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख छ। लत्ताकपडा रु २२ करोड ३५ लाख ६६ हजार मूल्य बराबरको बरामद गरेको र गत आवमा चोरी तस्करीमा संलग्न १५ अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले गत आवमा ९५ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily