Aadarsh-Daily

दशगजा क्षेत्रबाट तस्करीको औषधी बारा प्रहरीद्धारा बरामद

ad-4p

बारा । भारतबाट तस्करी गरि ल्याउँदै गरेको औषधी बाराको सीमा नाकाबाट प्रहरीले बरामद गरेको छ । बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ३ कबहीस्थित नेपाल–भारतको दशगजा क्षेत्रबाट प्रहरीले ५५ हजार रुपैयाँ मुल्यको औषधी बरामद गरेको हो ।

content ad p2
content left

बुधबारराति ईलाका प्रहरी कार्यालय कबहीबाट खटिएको प्रहरी टोलीले टाँउकोमा बोरा बोकर भारतबाट आउँदै गरेका तस्करलाई रोक्न खोज्दा ती व्याक्ति बोरा फालेर भागेका थिए ।

उक्त बोरा खोलेर हेर्दा त्यसमा विभिन्न प्रकारका औषधी बरामद गरिएको र त्यसको बजार मूल्य ५५ हजार रुपैयाँ मुल्यांकन गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक दधिराम न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily