Aadarsh-Daily

रूद्रकली र खगेन्द्रप्रसाद दुई वटा हात्ती जान पाएनन् कतार

ad-4p

वीरगञ्ज । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएका दुई वटा हात्ती कतार लैजान प्राविधिक समस्या भएको छ। कतारले कानुनी प्रक्रिया पूरा नगरेका कारण नेपालले दिने भनिएका दुई हात्ती तत्काल जान नपाउने भएका छन्।

content ad p2
content left

नेपाल सरकारले रोनाल्डोका दुई सन्तान रुद्रकली र खगेन्द्रप्रसाद कतार सरकारलाई उपहार दिने निर्णय गरेकाे थियो। पाँच वर्षका ती दुई हात्ती पठाउन नेपाल सरकारले सबै कागजात मिलाए पनि कतार सरकारले वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) बाट सिफारिस नल्याउँदा ती दुई हात्ती कतार उड्न नपाउने भएका हुन्।

वन मन्त्रालय स्रोतका अनुसार नेपालले सबै प्रक्रिया पूरा गरे पनि कतार सरकारले प्रक्रिया अघि नबढाउँदा हात्ती जान नपाएका हुन्।
हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा सूचीकृत छ । सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । कतारलाई हात्ती दिने विषयमा साइटिसको सिफारिस आवश्यक हुन्छ। ‘कतार सरकारले यसबारे पहल गरेको पाइएन,’ वन मन्त्रालयका एक उच्च अधिकारीले भने।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily