Aadarsh-Daily

मा .उपेन्द्र यादवको गलत कार्यशैलीका कारण पार्टी फुटेको हो : सांसद प्रदीप यादव

ad-4p

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीका कारण पार्टी फुटेको नेताहरुले दाबी गरेका छन्। अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएको बताउँदै जसपा सांसद प्रदीप यादवले अध्यक्ष यादवको कार्यशैली ठिक नरहेको र सच्याउन बारम्बार आग्रह गर्दापनि अटेर गरेपछि छुट्टै पार्टी दर्ता गर्न निवेदन दिएको जानकारी दिए।

content ad p2
content left

जनता समाजवादी पार्टी नेपालसँग हाल संघीय संसदमा १२ जना सांसद छन्। उनका अनु्सार ८ जना सांसद र उपाध्यक्षसहित २९ जना केन्द्रिय कार्यकारीणी सदस्यहरु नयाँ पार्टीको पक्षमा छन्। आफूहरुले जसपा फुटाएर छुट्टै दल बनाएकाले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको उनले बताए।

आयोगमा दिएको निवेदनमा प्रदीप यादव ,अशोक राई,वीरेन्द्र महतो,नवलकिशोर साह सुढी (हाल वनमन्त्री),सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर, मृगेन्द्र सिंह यादव (राष्ट्रिय सभा)को हस्ताक्षर रहेको छ।

 

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily