Aadarsh-Daily

भारतबाट तस्करीको चाँदी लिएर वीरगन्ज आउँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरे

ad-4p

वीरगन्जबाट । भारतबाट तस्करीको चाँदी लिएर वीरगन्ज आउँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको फेटा गाँउपालिका वडा नम्बर ३ का २० बर्षिय रोशन सोनार रहेका छन् ।

content ad p2
content left

विशेष सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ति चोकबाट सोनारलाई प्रहरीले चाँदीका विभिन्न गहनासहित पक्राउ गरेको हो । रजतजयन्ति चोकमा प्रहरीले सोनारलाई रोकेर उनको शरीर खानतलासी गर्दा उनले बोकेको गम्छामा पोका पारेर राखिएको २ किलो १७३ ग्राम चाँदीका विभिन्न गहना बरामद भएको प्रहरी चौकी इनर्वाका प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहले जानकारी दिए ।

चाँदीसहित पक्राउ परेका सोनारलाई आवश्यक कारबाहीको लागि आइतबार वीरगन्ज भन्सार कार्यालय बुझाइएको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जानकारी दिए ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily