Aadarsh-Daily

नयाँ दल जसपाको केन्द्रिय उपमहासचिवमा प्रदीप यादव र केन्द्रिय सदस्यमा राजेशमान सिंह

ad-4p

वीरगन्ज । जसपा नेपाललाई फुटाएर अशोक राईको नेतृत्वमा बनेको जसपाको केन्द्रिय उपमहासचिव पर्साका सांसद प्रदीप यादव बनेका छन् ।

content ad p2
content left

यस्तै नयाँ बनेको जसपाको संघीय परिषद अध्यक्ष परिषद् राजेन्द्र श्रेष्ठ , केन्द्रिय अध्यक्ष अशोक राई ,सहअध्यक्ष रेणु यादव, उपाध्यक्षमा नवलकिशोर साह सुढी , रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ तथा महासचिवमा इस्तियाक राई रहेका छन् ।

यस्तै उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा कोषाध्यक्षमा डा. वीरेन्द्र महतो रहेका छन् ।
यस्तै केन्द्रिय सदस्यमा पर्साबाट वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह , मोहनलाल चौधरी र पिंकीदेवी यादव तथा बाराबाट प्रमोद गुप्ता र पारस साह रहेका छन् ।

राई अध्यक्ष रहेको नयाँ दल जसपा दर्ताका लागि जसपा नेपालका संघीय ७ सांसद र २९ केन्द्रिय कार्यकारिणी सदस्यले आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । नयाँ दलको चुनाव चिह्न मुट्ठी दाबी गर्दै आयोगमा निवेदन दर्ता गराइएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily