Aadarsh-Daily

यातायात कार्यालय कलैयाले ४ महिना मै उठायो २ करोड २० लाख राजश्व

ad-4p

बारा । बारा जिल्लाको सदरमुकाम कलैयामा सञ्चालन भएको यातायात व्यवस्था कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व उठाएको छ । मधेस प्रदेश सरकारको सहयोगमा विगत मंसिर २५ गतेबाट सञ्चालन भएको सो यातायात व्यवस्था कार्यालयले सेवा सुरु भएदेखि हालसम्म रु दुई करोडभन्दा बढी राजस्व उठाउन सफल भएको हो । उक्त यातायात कार्यालयका प्रमुख नवाज हुसैनले अहिले यस कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने गरी सेवा प्रवाह गरिरहेको बताए । अहिले धेरैजसो यातायात व्यवस्था कार्यालयमा विभिन्न आर्थिक मामिलामा पटक–पटक मुछिने गरेकाले त्यसबाट मुक्त गर्न र सेवाग्राहीको काम छिटोछरितो गरेर कार्यालयमा भीड कम गर्न आफूले निर्देशन दिएको बताए ।

content ad p2
content left

कार्यालय प्रमुख हुसैनले जनशक्ति कम भए पनि कार्यालयका कर्मचारी अहोरात्र खटेर सेवा प्रवाह गरिरहेको बताए । कार्यालयमा रहेका कर्मचारीले बिहान ७ बजेदेखि राति ९ बजेसम्म खटेर जतिसक्दो चाँडो लाइसेन्स दिने व्यवस्था मिलाइएको उनको भनाई छ । त्यस्तै अहिले यातायात व्यवस्था कार्यालय बारा जिल्लाको सम्पूर्ण सेवाहरु अनलाइनमार्फत प्रदान गरिने भएकाले कुनै पनि काम बिचौलियामार्फत नगराउन उनले सेवाग्राहीलाई आग्रह गरे । उक्त कार्यलयमा लाइसेन्सका लागि फागुन २३ गतेबाट नयाँ तथा थप वर्गका लागि आवेदन खुलेको तथा उक्त कार्यलयमा अहिलेसम्म एक हजार १९० जनाले दिएको आवेदनमा ५५८ जना मात्र पास भएर सवारी चालक अनुमातिपत्र लिने अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

कार्यालय प्रमुुख हुसैनका अनुसारर अहिले धेरैजसो मोटरसाइकल र कारका लागि लाइसेन्स बनाउन आउने व्यक्तिहरु पढेलेखेका भएर लिखितमा पास भए पनि प्रयोगात्मक परिक्षामा फेल हुने गरेका छन् । पहिलापहिला सवारी चालक अनुमतिपत्र बनाउनको लागि वीरगञ्ज र हेटौँडा जानुपर्ने बाध्यता रहँदै आएकाले अब भने त्यस समस्याको समाधान भएपछि अहिले सवारी चालक अनुमतिपत्र कलैयामै बनाउन पाइने भएपछि बारा जिल्लाका साथै अन्य जिल्लाका सेवाग्राहीहरू समेत सेवा लिन आउन थालेका छन् । अहिले सो कार्यालयले कार, मोटरसाइकल, स्कुटर, टेम्पो तथा ट्याक्टरलगायतका सवारी साधनहरुको लिखित तथा ट्रायल परीक्षा लिएर चालक अनुमतिपत्र दिँदै आएको छ ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily