Aadarsh-Daily

आफ्नै घरमा आगाे लगाउने रौतहटका सिंह पक्राउ

ad-4p

राैतहट । आफ्नै घरमा आगो लगाई अपराधिक उपद्रव गर्ने एक जनालाई राैतहट प्रहरीले नियन्त्रणमा लिएकाे छ । रौतहट राजदेवी नगरपालिका वडा नं. ०९ ब्रहम्पुरी टोलका ४५ बर्षिय नितेश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

content ad p2
content left

सिंहले मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा साेमबार सांझ ७ बजेकाे समयमा आगो लगाएकाे थियाे । उक्त आगो तत्कालै स्थानिय मानिसहरु तथा प्रहरी टोली गई आगो निभाएको, उक्त आगो तत्काल नियन्त्रणमा नआएको भए सोबाट वरपरका अन्य मानिसहरुको समेत घर जली ठूलो जनधनको क्षति हुन सक्ने प्रवल सम्भावना देखा परेको थियाे ।

त्यसैले आगो लगाउने नितेश सिंहलाई निजकै घरबाट पक्राउ गरी “अपराधिक उपद्रव” शिर्षकमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय राैतहटकी सुचना अधिकारी प्रहरी नायब उपरिक्षक एलिजा गिरीले जानकारी दिइन ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily