Aadarsh-Daily

वीरगञ्जमा हावाहुरी र चट्याङ्सहितको वर्षा, प्रचण्ड गर्मीमा राहत

ad-4p

वीरगञ्ज । प्रचण्ड गर्मीले राहत भएका वीरगञ्जबासीले वर्षा भएसँगै राहत महसुस गरेका छन् । अधिकतम ४४ डिग्री सेल्सियस सम्मको तापक्रमले यहाँको जनजीवन पनि प्रभावित भएको थियो ।

content ad p2
content left

मंगलवार दिउँसोदेखि चलेको हावाहुरी र चट्याङ्सहितको वर्षाले वीरगञ्जबासीले राहतको महसुस गरेका छन् । यद्यपी हावाहुरी, चट्याङ्सहितको वर्षाले असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि मौसमविद्ले अनुरोध गरेका छन् ।

साथै गर्मी अत्यधिक भएसँगै यहाँका चापाकलमा पिउने पानीसमेत सुक्न थालेको थियो भने केही ठाउँमा पानीको हाहाकार भएको छ । केही दिन यसरी नै पानी परीरहेमा जमिनमुनीको पानीको सतह माथी आउने र पिउने पानीको समस्या पनि समाधान हुने आश वीरगञ्जबासीले गरेका छन् । यसअघि अन्तिम पटक होलीमा राती केही समयका लागि वर्षा भएको थियो ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily