Aadarsh-Daily

मधेशका मुख्यमन्त्री यादव नेतृत्वको सरकार पुन : धरापमा

ad-4p

प्रकृति अधिकारी
वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार पुनः धरापमा परेको छ । चौथो पटक विश्वासको मत लिएको एक महिना नबित्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा संकटमा परेको हो ।

content ad p2

जसपा अध्यक्ष उपेन्द्र यादवले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउँदै मधेश प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने माओवादीले कसरत सुरु गरेको बताइएको छ । जसपाका सरोजकुमार यादव नेतृत्वको सरकार परिवर्तन गरेर माओवादीको नेतृत्वमा सरकार बनाउँने गृहकार्य सुरु भएको माओवादी उच्च स्रोतको दाबी छ ।
माओवादी संसदीय दलका नेता भरत साहको नेतृत्वमा मधेश प्रदेश सरकार गठन गर्ने तयारी भइरहेको माओवादीका एक प्रदेश सांसदले जनाए ।उनका अनुसार केन्द्रमा माओवादी नेतृत्वको सरकारलाई जसपाले धोका दिने षड्यन्त्र गरेको थियो, जसको पर्दाफास भयो ।

उनले भने,‘ योसंगै प्रदेशमा पनि हाम्रो सहमतिबमोजिम मन्त्रालय दिएन, विश्वासको मत दिँदा जुन मन्त्रालय माओवादीलाई दिने सहमति भएको थियो, त्यो दिइएनन् । त्यसकारण अहिले मधेश प्रदेशमा माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउँने गृहकार्य सुरु गरेको हो ।’
यता मधेश प्रदेशका उद्योग मन्त्री युवराज भट्टराइ (समीर) ले पनि सरकार फेरबदल नहुने किटान गरेनन् । सरकारबाट विश्वासको मत फिर्ता लिने भइरहेको तयारीको बारेमा सोधिएको प्रश्नमा उद्योगमन्त्री भट्टराइले त्यसबारेमा पार्टीबिच छलफल चलिरहेको बताए ।

content left

उनले भने, ‘तर आजै भने समर्थन फिर्ता लिइदैन, भोली के गर्ने त्यो सवालमा छलफल चलिरहेको छ । छलफल पश्चात हामी ‘क्लियर’ गर्छौं । तर लक्ष्ण सकारात्मक छैन ।’
जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले सत्तारुढ दलबाट सरकार फेरबदलको गृहकार्य भइरहेको आशय जनाए । उनले भने, ‘तर हामी लागेका छौनौं, कसैले हामीले सहकार्य गर्न अफर ग¥यो भने त्यसपछि हामी अगाडि बढ्छौं । तर यो सरकारलाई ‘रिप्लेसमेन्ट’ गर्ने भने हाम्रो लक्ष्य छ, जसपाबाहेक नेतृत्वको सरकारमा हामी पूरा सहयोग गर्छौ ।’

कोसंग सहकार्य गरेर नयाँ सरकार बनाउँने हुँदैछ कसरत ?

जसपा विभाजन भएसंगै मधेश प्रदेश सरकारमा हलचल ल्याएको छ । अशोक राइको नेतृत्वमा पार्टी विभाजन भएसंगै मधेश प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृहकार्य सुरु भएको छ । सत्तारुढ दल माओवादी स्वयमले आफ्नै नेतृत्वमा सरकार बनाउँने गणितीय खेल सुरु गरेको बताइन्छ । त्यसका लागि जनमत पार्टीलाई साथमा लिएर एमालेसंगकै सहकार्यमका भरत साहको नेतृत्वमा सरकार बनाउँने कसरत भइरहेको स्रोतको दाबी छ । त्यसका लागि आन्तरिकरुपमा मधेशका माओवादी नेतृत्वले केही दलहरुसंग छलफल तथा सहकार्यबारे गोप्यरुपमा ‘लबिङ’ गरिरहेको दाबी छ ।

माओवादीले गरेको गृहकार्य अनुसार एमाले, माओवादी र जनतम पार्टीले समर्थन गरेमा क्रमशः २४, ९ र १३ जना प्रदेश सांसदको समर्थन रहन्छ । यो भनेको ४६ जना सांसदको समर्थन हो, यसमा नेकपा एसको ७ जना जोड्दा ५३ जनाको समर्थन पुग्न जान्छ । सरकार निर्माणका लागि ५४ जनाको समर्थन चाहिन्छ । एससहितको सहकार्यमा सरकार बनाउँदा माओवादीले अझ साना दलहरुको समर्थन पाएमा मात्र सरकार निर्माण हुने बलियो सम्भावना रहने देखिन्छ ।

नयाँ समीकरणसंगै मधेश प्रदेशमा अहिले माओवादी, एमाले, नेकपा एसको समर्थनमा जसपका मुख्यमन्त्री यादव नेतृत्वको सरकार छ । चौथो पटक मुख्यमन्त्री यादवले ६१ जना सांसदको विश्वासका मत लिएका थिए ।
 

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily