Aadarsh-Daily

जेठ १ गते संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

ad-4p

वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

content ad p2
content left

सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यलाई उपस्थित हुन आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गरेका हुन् । मङ्गलबार आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily