Aadarsh-Daily

ने.रा विद्यापिठ माविमा अक्षयकोष खडा, डा. लोहनीद्वारा ८ लाख रकम हस्तान्तरण

ad-4p

वीरगन्ज ।  नेपाल राष्ट्रिय विद्यापिठ माध्यमिक विद्यालय श्रीपुरका सेवा निर्वित हुनु भएका पाँच जना शिक्षक, शिक्षाकाहरुलाई सम्मान स्वरूप दोसल्ला ओढाएर कदर पत्र प्रदान गरिएको छ ।

content ad p2

विद्यालय परिसमा आयोजित एक कार्यक्रममा डा. मुर्ली दत्त लोहनीले आफ्नो छोरा स्व. मुना हेमन्त लोहनीको स्मृतिमा अक्षयकोष खडा गरि सो कोषमा रु ८ लाख रकम यस विद्यालयलाई हस्तान्तरण गर्नु भयो ।

content left

सो रकमको बार्षिक आम्दानीबाट यस् विद्यालयका दक्ष शिक्षक, शिक्षिकालाई पुरस्कृत गरिने जनाईएको छ । विद्यालय ब्यवस्थापन समितिको तर्फबाट सेवानिर्वित शिक्षक, शिक्षाकालाई धन्यवाद दिदै खाली समय समाजसेवामा खर्चिन डा लोहनीले अनुरोध समेत गरे ।

डा. मुर्ली दत्त लोहनीले आफ्नो स्व. छोरा मुना हेमन्त लोहनी अक्षयकोष मार्फत गर्नुभएको सराहनीय उदाहरणीय कार्यको उच्च सम्मान गर्दै यस्तो सराहनीय कार्यमा सहभागी हुन अन्य महानुभावहरुलाई विद्यालय परिवारले आग्रह गरेको छ ।

सो कार्यक्रममा वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा वीरगंज महानगरपालिकाको वडा नं. ११ श्रीपुरका वडाध्यक्ष अजय कुमार चौरसिया, ब्यवस्थापन समितिका अध्यक्ष सुन्दर कुर्मी, स्थानी नेता विनोध महतो धानुक, नेपाल दशनामी सामाजका केन्दिय उपाध्यक्ष सुरेश गिरी लागमयत विद्यालयका अन्य शिक्षक, शिक्षाहरुको उपस्थिती रहेको विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवाल बताए ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily