Aadarsh-Daily

वीरगञ्जको मुर्लीमा मेयर सिंहले गरे स्वास्थ्य चौकी भवनको शिलान्यास

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र वडा नम्बर १२ का वडाअध्यक्ष सुरेश गुप्ताले सयुँक्त रुपमा शिलान्यास गरेका हुन् ।

content ad p2

शिलान्यास गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वास्थ्य चौकी भवन निर्माण भएपछि वडाका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरे । १७ चैत २०८० मा स्वास्थ्य चौकी भवन निर्माणका लागि दिब्य सूर्याेदय आस्था जे.भि.सँग वीरगञ्ज महानगरपालिकाले सम्झौता गरेको थियो ।

content left

वीरगञ्ज महानगरपालिकाले ८६ लाख ३६ हजार ६९६.६२ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता गरेको हो । स्वास्थ्य चौकी भवन निर्माण यही असार १५ गतेसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यसअघि भाडामा सञ्चालित स्वास्थ्य चौकी भवन निर्माणपछि आफ्नै भवनमा सञ्चालन आउने वडाअध्यक्ष गुप्ताको भनाई छ । स्वास्थ्य चौकीमा अहिले ५ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराई, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का पूर्व वडाअध्यक्ष रामदरश कुश्वाह, जनप्रतिनीधि, बुद्धिजिवी, समाजसेवी तथा स्थानीयको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily