Aadarsh-Daily

पशुपतिनाथकाे भेटी चाेरी, ७ कर्मचारीसहित ८ जना पक्राउ

ad-4p

काठमाडौं । काठमाडौंकाे पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गरेको अभियोगमा आठ जना पक्राउ परेका छन्। प्रहरीले पशुपति क्षेत्र विकास कोषका ७ कर्मचारीसहित आठ जनालाई पक्राउ गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

content ad p2
content left

“सीसी क्यामेरा हेर्दा पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरीमा उनीहरूको संलग्नता रहेको पाइएपछि पक्राउ गरी छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ,” उनले भने।

पक्राउ पर्नेमा कोषका नायब सुब्बा नवरा ढोडारी, मन्दिरका ब्राह्मणत्रय नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई तथा मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी रहेको अधिकारीले जानकारी दिए।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily