Aadarsh-Daily

चारधाम यात्रामा ५२ जनाको मृत्यु

ad-4p

वीरगंज । चारधाम यात्रा सुरु भएयता अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । सञ्चारमाध्यामहरुका अनुसार बद्रीनाथमा १४, केदारनाथमा २३, गंगोत्रीमा ३ र यमुनोत्रीमा १२ जना भक्तजनको ज्यान गएको हाे ।

content ad p2
content left

मे १० मा भारतले चारधाम यात्रा खुला गरेको थियो । यात्रा खुलाइए यता नै तीर्थयात्रीहरूको भिड थेगिनसक्नु भएको भन्दै केही दिनअघि मात्रै उत्तराखण्ड प्रदेशले चारधाम यात्राका लागि यो महिनाको अन्त्यसम्मका लागि नाम दर्ता प्रक्रिया बन्द गरेको थियो ।

हृदयाघातका कारण बद्रीनाथ धाममा दर्शन गर्न आएका आठ जना भक्तजनको मृत्यु भएको बताइएको छ । गएको १० वर्षमा केदारनाथमा ३५० तीर्थयात्रीको मृत्यु भएको आँकडा छ । यी मध्ये धेरैको मृत्युको कारण हृदयाघात थियो ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily