Aadarsh-Daily

वीरगन्जमा खेलकुद महासंघको कार्यक्रममा २८ जनाले गरे रगत दान

ad-4p

वीरगन्ज । वीरगन्जमा शनिबार नेपाल खेलकुद महासंघले आयोजनाा गरेको रक्तदान कार्यक्रममा २८ जनाले रगत दान गरेका छन् । खेलकुद महासंघको वडा ईकाइ समितिले रेशमकोठीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित २८ जनाले रगतदान गरेका हुन् ।

content ad p2
content left

रगतदान गर्नेहरुमा वडाध्यक्ष प्रदीप चौरसिया,विनिता श्रेष्ठ,मनोज साह,प्रदीप चौरसिया, सोनु पटेल, शुभम श्रीवास्तव लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

खेलकुद महासंघकोे वडा ईकाइ अध्यक्ष राजु साहको अध्यक्षता तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकोे प्रमुख आतिथ्यततामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव महेश दास,वडाध्यक्ष प्रदीप चौरसिया,खेलकुद महासंघ पर्साका अध्यक्ष मनोज साह, जिल्ला सचिव सन्दिप बस्नेत लगायतकोपनि उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily