Aadarsh-Daily

झुठो विवरण पेश गरि नागरिकता लिने आमा–छोरा पक्राउ

ad-4p

वीरगंज । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका आमा–छोरालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर निवासी अमन जलान भन्ने अमन चौधरी(अग्रवाल) र उनका आमा अंजु चौधरीलाई प्रहरी चौकी आदर्शनगरले पक्राउ गरेको हो ।

content ad p2
content left

२३ साउन २०८० मा बसेको मन्त्रीपरिषद्को बैठकले अमन चौधरी (अग्रवाल) ले झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट लिएको नागरिकता रद्द गरी कारबाही गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साबाट २५ कार्तिक २०७७ मा चौधरीले वंशजको नेपाली नागरिकता लिएका थिए ।

मन्त्रीपरिषद्को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले ३१ भदौ २०८० मा भारतीय नागरिक अमन चौधरी (अग्रवाल) को नागरिकता रद्द गरेको थियो । असोज २०८० मा पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए । विशेष सूचनाको आधारमा प्रहरी चौकी आदर्शनगरले उनीहरुलाई शुक्रबार बिहान प्रक्राउ गरेको हो । दुवै जनाविरुद्ध नागरिकता सम्बन्धी कसूरमा कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily