Aadarsh-Daily

गर्मीका कारण हिँड्दाहिँड्दै एकजना पैदलयात्रीको मृत्यु

ad-4p

सही नसक्नु गर्मीका कारण झापामा दुईजनाको मृत्यु भएको छ। मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एकजना पैदलयात्रीको मृत्यु भएको हाे। शुक्रबार बेलुका ५.३० बजेतिर मेचीनगर- ९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए।

content ad p2
content left

मेचीनगर ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे। छिमेकीहरूले शुक्रबार दिउँसो धुलाबारीमा आयोजना गरिएको भोजमा सहभागी भएर उनी घर फर्किएको हुनसक्ने अनुमान गरेका छन्। स्थानीयबासीले अत्यधिक गर्मीका कारण नरबहादुरको मृत्यु भएको अनुमान गरेका छन्।

शुक्रबार अपराह्न बुद्धशान्तिको जयपुरमा एक बेवारिसे शव फेला परेको छ। मागीखाई हिँड्ने अन्दाजी ६०–६५ वर्षका ‘टल्के बुढा’ उपनामले चिनिने व्यक्ति जयपुर बुधबारे रोडमा फेला परेको प्रहरीले जनाएको छ। गर्मीका कारण उनी पनि ढलेको हुनसक्ने आशंका गरिएको छ। शुक्रबार झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो भने शनिबार बिहानैदेखि गर्मी असाध्यै बढेका कारण अपराह्नको तापक्रम अझ बढ्ने अनुमान गरिएको छ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily