

वीरगंज – प्रिन्सिपल एसोसिएन अफ नेपाल पर्साको जिल्ला कार्यसमिति गठन भएको छ । शारदा मा.वि बहुअरी सुगौलिका प्रधानाध्यापक बिनोद मेहताको अध्यक्षतामा २५ सदसीय जिल्ला कार्यसमित गठन भएको हो ।
समितिको उपाध्यक्षमा माईस्थान मा.वि वीरगंजका प्रधानाध्यापक मुनिलाल कर्ण , सचिवमा ने.रा प्रा.वि मधवलका प्रधानाध्यापक मुक्लेश राउत गद्दी , सहायक सचिवमा कोईलाभार आ.वि का प्रधानाध्यापक सुरुज नारायण पटवारी , कोषाध्यक्षमा कन्या मा.वि वीरगंजकी प्रधानाध्यापिका अनिता साह चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा त्रिजुद्ध मा.विका प्र.अ. नविन कुमार मिश्रा , श्रीपुर विद्यापीठ मा.विका प्र.अ अनिल वर्णवाल , द्वारदेवी मा.वि अलौका प्र .अ दयाकान्त झा , मु.सु मा.वि बहुदरमाईका प्र.अ लक्ष्मीकान्त साह , सुरजीदेवी मा.वि वीरगंजका प्र.अ रामनारायण मिश्र, सन्ठी मा.वि जगरनाथपुरका प्र.अ रामादेश चौहान , जिल्ला उच्चांगन मा.वि पोखरियाका प्र.अ ओमप्रकाश साह रौनियार , मंगल मा.वि छिपहरमाइका प्र.अ दिनेश प्रसाद कुर्मी ,अजिज मिया मा.वि धोविनीका प्र.अ जितेन्द्र राम लगायतका सदस्यहरु चयन हुनुभएको छ ।
सामुदायिक विधालयहरुको नेतृत्वकर्ता प्रधानाध्यापकहरुको शैक्षिक प्रशासन र व्यवस्थापनमा सहयोग तथा सहजीकरण गर्न प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गरी सामुदायिक बिद्यालयहरुको शैक्षीक गुणस्तर उकास्ने उद्देश्यले गठन गरिएको प्रिन्सिपल एसोसियन अफ नेपाल पर्साका अध्यक्ष बिनोद मेहताले बताउनुभयो ।
प्रिन्सिपल एसोसियसन अफ नेपाल पर्साका जिल्ला संयोजक बिनोद मेहताको अध्यक्षतामा तथा प्रिन्सिपल एसोसियसन अफ नेपाल मधेश प्रदेशका उपाध्यक्ष सुबास कुमार यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मधेश प्रदेश समिति सदस्य महानन्द मावि बगहिका प्र.अ राजकुमार सिंह , लगायत पर्साको चौध वटै स्थानीय तहमा रहेका सामुदायिक विधालयहरुका प्रधानाध्यापकहरुको सहभागती रहेको सचिव मुक्लेश राउत गद्दीले जानकारी दिनुभयो ।

