Aadarsh-Daily

प्रचण्ड गर्मीका कारण वीरगन्जका विद्यालयमा विदा दिनु पर्यो : अभिभावक संघ पर्साका अध्यक्ष

ad-4p

वीरगन्ज । बढ्दो गर्मी अझै केहिदिन कम हुने संकेत नदेखिएकाले वीरगन्ज महानगरपालिकामा रहेका सबै विद्यालयहरु केहि दिनका लागि बन्द गर्न जनस्तरबाट आवाज उठेको छ । आइतबारमात्रैै मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराई–मधेसका जिल्लाहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै विशेष बुलेटिन प्रकाशन गरेको छ ।

content ad p2
content left

वीरगन्जसहित यस आसपासको क्षेत्रमा केहिदिन यता अधितकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यो भन्दा बढी नै मापन गरिएको महाशाखाले जनाएको छ । गर्मी अत्याधिक बढिरहेका कारण विद्यालयहरुमा पठनपाठनमा समस्या भएको र विद्यार्थीहरु मुर्छा परेर बेहोशपनि भइरहेकोले केहि दिनका लागि गर्मी विदा दिएर विद्यालय बन्द गर्नुपर्ने अभिभावकहरुले सामाजिक सञ्जालमार्फत आग्रह गरिरहेका छन् ।

अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साहले आइतबार फेसबुक पेजमा पोष्ट गरेका छन् – प्रचण्ड गर्मीका कारण आजभोलि स्कुलमा विद्यार्थीहरु मुर्छित हुने अवस्था छ । त्यसका कारण अर्को कुनै विदामा मिलान हुने गरी यो प्रचण्ड गर्मीमा केहि दिन विदा दिदाँ राम्रो हुन्थ्यो । यस सम्बन्धमा समयमै सम्बन्धित निकायको ध्यान जाओस् ।

यस्तै वीरगन्ज ३ छपकैयाका युवा राजकुमार सर्राफले पनि फेसबुकमा लेखेका छन् – बढ्दै गरेको प्रचण्ड गर्मीलाइ ध्यानमा राखी सम्बन्धित निकायले विद्यालय बन्द गरिदिनुपर्छ । टिनको छानाभित्रबाट प्लाइउडले बनाएको कक्षा कोठामा एक त बचाहरुको चाप र त्यसमाथी कक्षा कोठामा २ वटा पंखा । गर्मीले कुनै विद्यार्थी उल्टि गर्दैछ्न भने कसैलाई ज्वोरोले सताइरहेको पाइएको छ । सम्बन्धित निकायको ध्यान आकर्षण होस् ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily