Aadarsh-Daily

गर्मीका कारण वीरगन्ज महानगरका विद्यालयहरु तीन दिनका लागि बन्द

ad-4p

वीरगन्ज । तराई–मधेसमा केहि दिन यता गर्मी अत्यधिक बढेर जनजिवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरु तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाले जेष्ठ १६ गतेदेखि जेष्ठ १८ गते शुक्रबारसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेक हो ।

content ad p2
content left

सोमबार मेयर राजेशमान सिंहको उपस्थितीमा बसेको महानगरको शिक्षा समितिको बैठकले बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको समितिका संयोजक इश्वरचन्द यादवले जानकारी दिए । मंगलबार जेष्ठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक विदा परेकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयहररु बन्द गर्ने निर्णय गरिएको उनले बताए।

गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा गर्मीको विदा दिनुपर्ने भन्दै सामाजिक सन्जाल मार्फत आवाज उठाउँदै आइरहेका थिए । पर्सा , बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो दुई सातायता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०–४३ डिग्रि सेल्सियससम्म पुगेको छ । आइतबार वीरगन्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४३ डिग्रि सेल्सियस मापन गरिएको थियो ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily