Aadarsh-Daily

पर्साको पोखरीया नगरपालिकाले सडक फराकिलो बनाउँदै

ad-4p

पर्सा । पर्साको पोखरीया नगरपालिकाले सरकारी मापदण्ड अनुसारको सडक निर्माण गर्न थालेको छ । विगतमा साना सडक भए पनि अब नगरपालिकाले टहरा, घर र पक्की घर हटाएर सडक चौडा गर्ने काम गर्न थालेको हो । १० वटा वडा रहेको नगरपालिकाले पछिल्लो समय सडकलाई प्रमुख प्राथमिकतामा राखेको बताएको छ । नगरपालिकाले सडकका लागि विनियोजित रकमको प्रयोग गरी मापदण्ड अनुसार काम गर्न निर्देशन दिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवले बताए ।

content ad p2
content left

नगरपालिकाले गाउँ घरमा मुख्य सडकलाई ३० फिट र भित्री सडक १५ फिट फराकिलो बनाउने काम शुरू गरेको छ । सडकको मापदण्ड तोकेर सोही अनुसार नगरपालिकाको वडा नं ९ को शिवबर्वा टोलमा आज शिवबर्वा हुँदै प्रसौनी गण्डक नहर जाने सडकमा नगरपालिकाले आज सडक वरिपरि रहेका घर टहरा हटाई ३० फिट चौडाई हुने गरी सडकमा डोजर लगाएर भत्काउने काम भइरहेको वडा अध्यक्ष नौसाद आलमले बताए ।

बस्ती व्यवस्थापन गर्न नगरपालिकाले सडकदेखि टाढा घर बनाउन आग्रह गर्दै आएको छ भने सडकको छेउमा घर बनाउँदा नक्सा पासमा समेत कडाइ गरेको छ । नगरपालिकाले सडक, खानेपानी, सिँचाइ, कृषिक्षेत्रलाई पनि प्राथमिकतामा राखेको अधिकृत श्रीवास्तवले बताए । सुविधासम्पन्न नगरपालिका बनाउने पहिलो प्रयास हुने र जनतालाई असर नपर्ने गरी विकास निर्माणका काममा तीव्रता दिएको उनको भनाइ छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily