Aadarsh-Daily

बारा प्रहरीद्वारा १३ लाख बराबरको नक्कली नोटसहित ४ जना पक्राउ

ad-4p

बारा । रामनिवास पटेल । बारामा १३ लाख बराबरको नक्कली नोटसहित चार जना पक्राउ परेका छन्। तीन जना नेपाली र एक जना भारतीय नागरिकलाई १३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

content ad p2
content left

नक्कली नोटको कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। सिम्रौनगढ नगरपालिका वडा नं.९ कचोर्वा, सानो बसवरीया र ठूलो बसवरीयाबाट चार जनालाई पक्राउ गरेको हो। कोल्हवीका २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी र रौतहटका १९ वर्षीय मोहनकुमार साहलाई सोमबार पक्राउ गरेको थियो।

उनीहरूबाट भारतीय नम्बर प्लेट बिआर ०६ए डब्लयु २७५८ नम्बरको मोटरसाइकलसहित ७ लाख ७ हजार बराबरको नक्कली नोट फेला परेको थियो। पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान गरी प्रहरीले भारतको विहार मोतिहारीका ४० वर्षीय महमद आलमलाई मंगलबार पक्राउ गरेको थियो। उनीबाट थप ६ लाख ९ हजार बराबरको नक्कली नोट बरामद भएको हो।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily