Aadarsh-Daily

लक्ष्मणवा युवा क्लबको फुटबलका खेलाडीहरुलाई जर्सी सहितको समाग्री वितरण

ad-4p

वीरगन्ज । वीरगन्जमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुन लागेको लक्ष्मणवा युवा क्लबका खेलाडीहरुलाई जर्सी सहितको समाग्री वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच उनीहरूलाई खेल मैदानमा प्रवेश गर्नु अगाडि लक्ष्मणवा युवा क्लबका अध्यक्ष मानदेव हजाराको पहलमा जर्सी सहितको समाग्री वितरण गरिएको हो ।

content ad p2
content left

नेकपा एमालेका नेता समेत रहेका हजाराले खेलकुद बिकास गर्नका लागि खेलाडीलाई सहयोग स्वरुप समाग्री वितरण गरिएको बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका उनले जिल्लामा १२ बर्षपछी भएको जिल्ला लिग प्रतियोगितामा सहभागी हुन लागेको टिमले राम्रो नतिजा ल्याउने वताए ।

जर्सी वितरण कार्यक्रममा नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत र नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादवले पनि सहभागी थिए । पर्सा जिल्ला फुटबल संघ पर्साको आयोजनामा गएको जेठ १२ गते देखि सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिता अगामी जेठ २६ गते सम्म सञ्चालन हुनेछ ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily