Aadarsh-Daily

एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या

ad-4p

वीरगञ्ज । रौतहटको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको छ ।

content ad p2
content left

राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुरको पुर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

मृतकको गोजीबाट प्राप्त कागज पत्रमा भारत बिहार मोतीहारीको ठेगाना रहेको देखिएको तर, मृतकको स्पष्ट सनाखत नहुन्जेलसम्मको लागि नाम सार्वजनिक नगरिएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताइन् ।
घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ । प्रवक्ता गिरीकाअनुसार शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । मृतकको शवको केही परबाट सिजे ०१– २५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily