Aadarsh-Daily

कांग्रेसले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने

ad-4p

वीरगञ्ज, २२ जेठ । मधेश प्रदेश कांग्रेसले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । संसदीय दलमा कांग्रेसको आज बसेको बैठकले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको हो ।

content ad p2
content left

संसदीय दलका प्रमुख कृष्णा यादवले बुधबार सदनबाट मुख्यमन्त्री यादवले लिनको लागेको विश्वासको मतमा जसपा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय बताइएको छ । माओवादी र एमाले बाहिरिएपछि पाँचौ पटक लिन लागिएको विश्वासको मतमा मुख्यमन्त्री यादवको पक्षमा उभिने निर्णय भएको बैठकमा सहभागी प्रदेश सांसद श्याम पटेलले बताए ।

मधेश प्रदेश सभामा कांग्रेसका २२ जना प्रदेश सांसद छन् । जसपासंग कग्रेस उभिएपछि यो दलका सांसदहरुको संख्या ४१ पुगेको छ । सरकार निर्माणका लागि ५४ सांसदको समर्थन आवश्यक छ ।
एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएपछि त्यसको २५ औं दिनमा मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लागेका हुन ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily