Aadarsh-Daily

राती चलेको हावाहुरीका कारण विभिन्न स्थानमा पोल ढल्दा विद्युत सेवा अवरुद्ध

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरसहितका क्षेत्रमा गएरातीदेखि विद्युत अवरुद्ध छ । राती चलेको हावाहुरीका कारण विभिन्न स्थानमा पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेले बताए ।

content ad p2
content left

उनकाअनुसार वीरगञ्जको लालपर्सामा ट्रान्सफर्मर बिग्रिएको छ । वीरगञ्जको पावरहाउसमा सबैभन्दा धेरै पोल र तारमा क्षती भएको छ भने अन्य स्थानमा पनि पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको उनको भनाई छ ।

वीरगन्ज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेको उनले बताए । लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षति भएको छ । वीरगञ्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको उनले बताए । यस्तै वीरगञ्जको पावरहाउस चोकमा पनि ५ वटा पोल लडेको उनले जानकारी दिए ।
ठाँउ ठाँउमा ढलेका पोल, तार र ट्रान्सफर्मर मर्मतको काम बिहानैदेखि सुरु गरिएको र अहिलेपनि प्राविधिकहरु त्यसमै लागि रहेको दुबेले बताए । मर्मत सम्भारको काम चलिरहेकाले अवरुद्ध विद्युतको आपुर्ति सम्वत आज बेलुकीदेखि सुचारु हुने सम्भावना रहेको उनको भनाई छ ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily